काठमाडौं । काठमाडौं उपत्यकामा फेरि एकसाता निषेधाज्ञा थपिएको छ । काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको साेमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
थपिएकाे निषेधाज्ञामा काठमाडौं उपत्यकामा २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन जोर बिजोरका आधारमा चल्न पाउने भएका छन् । सार्वजनिक सवारीमा स्वास्थ्य प्रोटोकल अपनाएर जोरबिजोर प्रणाली लागु गर्ने निर्णय भएकाे हाे ।
अब उपत्यकामा किराना तथा खाद्यान्न पसलहरु दिनभर संचालन हुन पाउने भएका छन् । यसअघि बार तोकिएका पसलहरुलाई पनि प्रत्येक दिन खुल्न पाउने गरी समय निर्धारण गरिएको छ ।
यसअघि बार तोकिएका पसल व्यवसाय पनि प्रत्येक दिन ११ बजेदेखि ६ बजेसम्म खोल्न पाउने भएका छन् ।
काठमाडौं उपत्यकाको पछिल्लो साता जारी गरिएको निषेधाज्ञा साेमबार राति १२ बजे सकिनेछ । काठमाडौं उपत्यकामा गएकाे वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।
हेर्नुहाेस् यस्ताे छ निषेध आदेश :