काठमाडाैं । मनसुन सक्रिय भएपछि शनिबार पनि देशभर वर्षा भइरहेकाे छ । मनसुनी वायुका प्रभावले शनिबार दिउँसो देशभरका पाँच प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
रातको समयमा पनि सामान्यदेखि भारी वर्षाको सम्भावना रहेको महाशाखाकाे अनुमान छ । शनिबार दिउँसो प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।
देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आइतबार र सोमबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ।
यस्तो छ तीन दिनको पूर्वानुमान
असार १२ गते (शनिबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ।
राति: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना छ।
असार १३ गते (आइतबार)
दिउँसो: देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ र वाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ।
राति: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित भारी वर्षाको सम्भावना रहेको छ।
असार १४ गते (सोमबार)
दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा साथै लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।