काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ४६१ जनाको पीसीआर परीक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९१० जना गरी २ हजार ४२१ जना कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा थप ८१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ३ हजार ५५८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा १०, ओखलढुंगामा २, खोटाङमा ४, झापामा १२०, ताप्लेजुङमा ४, तेह्रथुम १, धनकुटामा ७, पाँचथर ३, भोजपुर १, मोरङमा १७२, र सुनसरी १७६ जनामा कोरोना भेटिएको छ ।
यसैगरी प्रदेश २ को धनुषामा १९, पर्सामा ४, बारामा ३, महोत्तरीमा ८, रौतहटमा २, सप्तरीमा १२, सर्लाहीमा ६ र सिरहामा ४ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३४६ जनामा कोरोना भेटिएको छ । काभ्रेमा २०, चितवनमा ४२, दोलखामा ४, धादिङमा १०, नुवाकोटमा ७६, भक्तपुरमा ५७, मकवानपुरमा ४३, रसुवा ८, रामेछापमा १, ललितपुरमा ५४, र सिन्धुपाल्चोकमा ६ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा ७२, गोरखामा ५, तनहुँमा ५, नवलपरासी पूर्वमा २२, र स्याङजामा ५ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ६, कपिलवस्तुमा १२, गुल्मीमा १, दाङमा १४, नवलपरासीमा १०, पाल्पामा ३, बर्दियाका १, बाँकेमा १, रुपन्देहीमा २० र रोल्पामा २ जना छन् ।
यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा १ जुम्लामा ८, दैलेखमा १, डोल्पामा १, सल्यानमा १, हुम्लामा २ र सुर्खेतमा ३१ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ४, कञ्चनपुरमा ५, कैलालीमा २, डडेल्धुरामा ३ र डोटीमा ४ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।