Aafno Khabar

पछिल्लाे २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ?

  • आफ्नो खबर
  • June 22, 2021 प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ५२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार २०४ जनाको पीसीआर परीक्षणबाट ३ हजार ७०३ र ४ हजार ७०९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८१९ जना गरी ४ हजार ५२२ जना कोरोना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, खोटाङमा २, झापामा १७४, ताप्लेजुङमा २, तेह्रथुम २, धनकुटामा ६, पाँचथर २, भोजपुर १, मोरङमा ७०, संखुवासभामा २, सोलुखुम्बुमा ४, र सुनसरी ९६ जनामा कोरोना भेटिएको छ ।

यसैगरी प्रदेश २ को धनुषामा १३, पर्सामा २, बारामा १०, महोत्तरीमा ७, रौतहटमा २, सप्तरीमा ७, सर्लाहीमा ४ र सिरहामा ६ जनामा कोरोना पाइएको छ ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ३१० जनामा कोरोना भेटिएको छ । काभ्रेमा ४५, चितवनमा ९०, दोलखामा ३, धादिङमा ८६, नुवाकोटमा ६७, भक्तपुरमा ६७, मकवानपुरमा ८८, रामेछापमा १, ललितपुरमा ९९, सिन्धुपाल्चोकमा ९ र सिन्धुलीमा ८ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ६५, गोरखामा ३, तनहुँमा ७, नवलपरासी पूर्वमा ४१, पर्वत १५०, म्यागदीमा १४८, लमजुङमा ३, बागलुङमा ६६ र स्याङजामा ३ जनामा कोरोना भेटिएको छ ।

कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा २, गुल्मीमा ४६, दाङमा २१, नवलपरासीमा ७, पाल्पामा ११, प्युठानमा १, बर्दियाका ४१, बाँकेमा १९ , रुकुम पूर्वमा १, रोल्पामा २ र रुपन्देहीमा २८ जना छन् ।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १२, दैलेखमा ९, रुकुम पश्चिम ११, सल्यानमा २ र सुर्खेतमा ४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा १, कञ्चनपुरमा ६, कैलालीमा २६, डडेल्धुरामा २, डोटीमा ३, बझाङमा १ र बैतडीमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।