काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार २९७ कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ५८२ जनाको पीसीआर परीक्षणबाट १ हजार ५८४ र ४ हजार ३२१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७१३ जना गरी २ हजार २९७ जना कोरोना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै बाग्लुङमा ३०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ११, उदयपुरमा ७, झापामा १३०, ताप्लेजुङमा १, तेह्रथुम ५, धनकुटामा ६, पाँचथर १२, भोजपुर ५, मोरङमा १२४, संखुवासभामा १८, र सुनसरी ११४ जनामा कोरोना भेटिएको छ ।
यसैगरी प्रदेश २ को धनुषामा ५, पर्सामा ६, बारामा १५, महोत्तरीमा ११, रौतहटमा २, सप्तरीमा ७, सर्लाहीमा ७ र सिरहामा १६ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २८५ जनामा कोरोना भेटिएको छ । काभ्रेमा २२, चितवनमा ६८, दोलखामा १८, धादिङमा २३, नुवाकोटमा ३९, भक्तपुरमा ३३, मकवानपुरमा ३५, रसुवा ५, रामेछापमा ३, ललितपुरमा ६१, सिन्धुपाल्चोकमा ६ र सिन्धुलीमा ४ जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा ४०, गोरखामा ३, तनहुँमा ६, नवलपरासी पूर्वमा ३०, पर्वत ९, म्यागदीमा १, लमजुङमा ६, बागलुङमा ३०५ र स्याङजामा २ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा १, गुल्मीमा १, दाङमा १४, नवलपरासीमा १, पाल्पामा १७, बर्दियाका ३, बाँकेमा ३ र रुपन्देहीमा १६ जना छन् ।
यस्तै, कर्णाली प्रदेशको जुम्लामा १, दैलेखमा ८, सल्यानमा १ र सुर्खेतमा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा २, कञ्चनपुरमा ३, कैलालीमा १, बैतडीमा १ र दार्चुलामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।