Aafno Khabar

पछिल्लाे साता नेपालमा काेराेना संक्रमणदर भन्दा निकाे हुने बढी

  • आफ्नो खबर
  • June 9, 2021 प्रकाशित

काठमाडौं । पछिल्लो साता नेपालमा कोभिड–१९ बाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढेको छ । पछिल्लो साता ४८ हजार ७३५ संक्रमणमुक्त भएका छन् भने ३५ हजार ९६८ जनामा संक्रमण पुष्टि भएको छ ।

९० हजार ८२७ वटा नमुनाको पीसीआर तथा ३४ हजार ५२७ वटाको नमुनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो । नेपालमा अहिले टेस्ट पोजेटिभिटी दर २८.६ प्रतिशत रहेको र ४६ भन्दा बढी जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ४३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही ५७६८ जना संक्रमणमुक्र भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ हजार ७४ जनाको पीसीआर गर्दा ३४४९ जना तथा ४५६८ जनाको एन्टिजेन विधि परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकाे हो ।

गत २४ घण्टामा कोरोना संक्रमणका कारण ८१ जनाले ज्यान गुमाएका छन् । कुल संक्रमितमध्ये काठमाडौंमा ६७९, भक्तपुरमा ८५ र ललितपुरमा १५१ गरि उपत्याकामा मात्र ९१५ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।