काठमाडाैं । नाइजेरियाको विद्रोही समूह बोको हरामका नेता अबुबाकर शेकाउको ज्यान गएको दाबी गरिएको छ । बोको हरामका नेता अबुबाकर शेकाउले आफ्नो ज्यान आफैँले लिएकाे बताइएकाे छ । यद्यपी यसकाे आधिकारिक पुष्टि भने भएकाे छैन ।
शेकाउले आफ्नाे ज्यान आफैँले लिएकाे अर्को विद्रोही समूहले दाबी गरेको हो । विद्रोही समूह इस्लामिक स्टेट वेष्ट अफ्रिका प्रोभिन्सको अडियो रेकर्डिङ्गमा शेकाउले दुई समूहबीचको भिडन्तपछि आफ्नो हत्या गरेको उल्लेख गरिएको बीबीसीले जनाएको छ ।
तर, बोको हराम र नाइजेरिया सरकारले उनको ज्यान गएकोबारे कुनै पुष्टि गरेका छैन । नाइजेरियाको सेनाले यस विषयमा अनुसन्धान भइरहेको बताएकाे समाचारमा जनाइएकाे छ ।