काठमाडाैं । बालुवाटारकाे ललिता निवासस्थित व्यक्तिले लिएकाे जग्गा सरकारकाे नाममा फिर्ता हुने भएकाे छ । मालपोत कार्यालय काठमाडौंले निवासस्थित जग्गाको पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिनको अन्तिम सूचना जारी गरेको छ ।
गोरखापत्रमा प्रकाशित सूचना अनुसार उनीहरु तीन साताभित्र मालपोत कार्यालयको सम्पर्कमा कारणसहित उपस्थित नभए सम्बन्धित व्यक्तिको नाममा रहेको जग्गा सरकारको नाममा जानेछ ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने मुख्य अभियुक्त रामकुमार सुवेदी, शोभाकान्त ढकालसहित भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङसहित ४९ जनाको नाममा अन्तिम सूचना जारी गरिएको हो ।
हेर्नुहाेस् सूचना :



