Aafno Khabar

चीनले नेपाललाई १० लाख डोज खोप अनुदान दिने

  • आफ्नो खबर
  • May 26, 2021 प्रकाशित

काठमाडौं । चीनले नेपाललाई १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप अनुदान दिने भएको छ ।

बुधबार नेपाल र चीनका राष्ट्रपतिबीचको टेलिफोन कुराकानीमा चिनियाँ राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप दिने घोषणा गरेका हुन् । यसबारे चिनियाँ राजदूतले ट्वीटमार्फत जानकारी दिएकी छन् ।

यसअघि चीनले ८ लाख डोज खोप उपलब्ध गराइसकेको छ । चीनले सिनोफार्मले उत्पादन गरेको भेरोसेल खोप गराएकाे थियाे । अब थप १० लाख खाेप उपलब्ध गराउने भएकाे छ ।