काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यही अवधिमा १६९ जनाले काेभिड संक्रमणका कारण ज्यान गुमाएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका अनुसार पीसीआर विधिबाट २२ हजार ३०६ जना र एन्टिजेन विधिबाट ६३० जनाको परीक्षण गर्दा मंगलबार ८६३६ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा ६ हजार ४०४ जना निको भएका छन् ।
देशभर कोरोनाको सक्रिय संक्रमित संख्या १ लाख १७ हजार २६१ पुगेको मन्त्रालयकाे तथ्यांक छ । नेपालमा हालसम्म ६७ सय जनाले काेभिड संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।