Aafno Khabar

निर्वाचनका लागि ८ अर्ब रूपैयाँ खर्च लाग्ने

  • आफ्नो खबर
  • May 23, 2021 प्रकाशित

काठमाडाैं । प्रतिनिधिसभाको कात्तिक २६ र मंसिर ३ गते हुने निर्वाचनका लागि ८ अर्ब रूपैयाँ लाग्ने अनुमान निर्वाचन आयोगको छ । यसअघि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी वैशाखमा २ चरणमा निर्वाचन घोषणा भएको बेला आयोगले सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रूपैयाँ माग गरेको थियो ।

तर फागुनमा सर्वाेच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि आयोगले सबै तयारी स्थगित गरेको थियो । यसअघि गरिएका मतदाता नामावली अद्यावधिक, मतदान केन्द्र र स्थल निर्धारणलगायत तयारीले अब हुने निर्वाचनलाई सहज हुने प्रमुख आयुक्त दिनेश थपलियाकाे भनाइ छ ।

थपिलियाका अनुसार ‘त्यतिबेलाभन्दा अहिले कोरोना व्यवस्थापन र स्वास्थ्य सुरक्षा सतर्कतामा जोड दिनुपर्ने भएकाले केही बजेट बढ्न सक्छ, समग्रमा ८ अर्ब हाराहारीमा खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।’ याे खबर आइतबारकाे नागरिक दैनिकमा छ ।