Aafno Khabar

नेपालमा सामुद्रिक चक्रवातकाे असर, यस्ताे रहनेछ आगामी तीन दिनकाे माैसम

  • आफ्नो खबर
  • May 19, 2021 प्रकाशित

काठमाडाैं । अरब सागरमा विकसित भएकाे सामुद्रिक आँधी ताउ-तेको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी न्यून चापीय प्रणालीसँगै ताउ-तेको प्रभावले बुधबार देशभरिको मौसममा बदली भएको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार हाल प्रदेश २ र प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा सामान्यदेखि पूर्ण बदली भइरहेकाे छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

माैसमविद्का अनुसार चक्रवातकाे प्रभाव अझै केही दिन नेपालमा रहने छ । आउने २४ घण्टामा कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

उच्च हिमाली भू-भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावनासमेत रहेकाले खोलानालामा जलप्रवाह बढोत्तरी हुने, यातायत क्षेत्रसमेत प्रभावित हुने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि महाशाखाकाे अनुराेध छ ।

यस्ताे छ तीन दिनकाे माैसम पूर्वानुमान :

बुधबार :

देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ ।

राती : देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका र बाँकी प्रदेशको पहाडी भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ ।

बिहीबार

देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू-भागका थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ ।

राती :  देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाकाे सम्भावना रहेको छ । थोरै स्थानहरूमा भारी वर्षा हुनुको साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश को १/२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ । उच्च हिमाली भू-भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाका साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको उच्च हिमाली भू-भागका थोरै स्थानमा साथै अन्य प्रदेशको १/२ स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ ।

शुक्रबार

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत देशका बाँकी पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशका केही ठाँउमा र बाँकी पहाडी भू-भागको थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती :  प्रदेश १ लगायत देशका बाँकी पहाडी भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा सामान्यतय सफा रहनेछ। प्रदेश १ को पहाडी भू-भागको केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।