काठमाडाैं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप केही साता नेपालका लागि चुनौतीपूर्ण रहेकाे बताएकाे छ । सोमबार मन्त्रालयले सूचना जारी गरी आगामी केही साता नेपालका लागि चुनौतीपूर्ण समय रहेको जनाएको हाे ।
‘अबका केही हप्ता अझै पनि चुनौतीपूर्ण रहेकाले हामी सबै संयमित र सहयोगी भई एकजुट भएर कामहरू गर्नुपर्ने देखिन्छ,’ सूचनामा भनिएको छ ।
मन्त्रालयले निषेधाज्ञाको पूर्ण पालना नभएको र मानिसहरूको आवतजावतमा ५९ प्रतिशत मात्र कमी पाइएको जनाएको छ । सरकारले बढी जोखिम रहेको भनेर सूचीकृत गरेको ठाउँमा समेत मानिसहरू खुलेआम हिँडिरहेको भन्दै जनस्वास्थ्यको मापदण्डलाई कडाइका साथ पालना गर्न मन्त्रालयले अनुरोध गरेको छ।
अहिलेको अवस्थामा स्वास्थ्यकर्मीहरू पूरा खटिँदा पनि जति संक्रमण घट्नुपर्ने हो त्यति नघटेको भन्दै थप सतर्क रहन मन्त्रालयको सुझाव छ ।
पछिल्ला तीन दिन नेपालमा दैनिक थपिने कोरोना संक्रमितको संख्या लगातार ओह्रालो लागेपछि अब धेरैलाई अब बिस्तारै संक्रमण घट्न थालेको हो भन्ने लागेको छ । तर विज्ञहरुले भने अहिले नै त्याे अवस्था नरहेकाे बताएका छन् ।
कति संक्रमित छन् भन्नेबारे परीक्षण भइरहेकाे मध्येबाट संक्रमित कति फेला परे भन्नेमा निर्धारित रहन्छ ।