काठमाडाैं । भारतमा पछिल्ला दिनमा काेराेना संक्रमितकाे दरमा केही कमी आएकाे छ । दैनिक सङ्क्रमण पुष्टि हुनेको संख्या भन्दा निको हुनेको संख्या बढ्न थालेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी गराएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
मन्त्रालयका अनुसार शुक्रबार तीन करोड ४४ हजारभन्दा धेरै कोरोना भाइरसबाट सङ्क्रमण मुक्त भएका छन् । भारतकाे १० राज्यमा निको हुनेको संख्या ७१.१६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
भारतमा हालसम्म सङ्क्रमित हुनेको संख्या २ करोड ४० लाखभन्दा बढी पुगेको छ भने अहिले सक्रिय सङ्क्रमितको संख्या ३७ लाख रहेको छ । यो अघिल्लो हप्ताभन्दा करिब १५ प्रतिशतले कम हाे ।