काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना भाइरस सङ्क्रमणबाट मुक्त भएका छन् ।
२ दिनअघि परीक्षणका लागि स्वाबको नमुना दिइएको र उनकाे रिपाेर्ट नेगेटिभ आएकाे थापाथलीस्थित नर्भिक अस्पताल स्राेतले जनाएकाे छ । शाह डिस्चार्ज हुने अवस्थामा रहेकाे अस्पताल स्राेतकाे भनाइ छ । उनकी पत्नी कोमल शाहको अवस्था पनि सुधारोन्मुख रहेको बताइएको छ ।
भारतकाे कुम्भ मेलामा सहभागी भएर फर्किएपछि पूर्वराजदम्पतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएपछि दुवैजना नर्भिक अस्पतालमा भर्ना भएका थिए ।