Aafno Khabar

कोभिड १९ संक्रमणबाट ​थप ७८ जनाको मृत्यु

  • आफ्नो खबर
  • May 9, 2021 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण थप ७८ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकमा पछिल्लाे २४ घण्टामा ५२ जनाकाे मृत्यु भएकाे र विभिन्न मितिमा कोरोना संक्रमणका कारण मृत्यु भएको तर तथ्यांकमा समावेश नभएका २६ जना गरी ७८ जनाकाे मृत्यु भएकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा ८८५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको हाे ।