Aafno Khabar

काेभिडबाट मृत्यु भएका पिताकाे शव जलिरहँदा चितामा हामफालिन् छाेरी

  • आफ्नो खबर
  • May 5, 2021 प्रकाशित

काठमाडाैं । भारतको राजस्थानमा कोभिडका कारण निधन भएका पिताकाे शव जलाइरहेकाे बेलमा उनकी छाेरी चितामा हामफालेकी छन् । राजस्थानकाे बारमर जिल्लाकाे एक अस्पतालमा दामाेदरदास शारदाकाे काेराेना संक्रमणका कारण निधन भएकाे थियाे ।

७३ वर्षीय पिताकाे निधन भएर शव जलाइरहेकाे बेलामा उनकी छाेरी हामफालेकाे भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । शारदाको शव जलाइरहेकाे बेलामा उनकी कान्छी छोरी चन्द्रा शारदा अचानक चितामा हाम्फालेको प्रहरीकाे भनाइ छ ।

त्यहाँका मानिसले तत्काल आगोबाट निकालेका थिए तर उनको शरीरको लगभग ७० प्रतिशत भाग डढेको थियो । उनकाे तत्काल उद्दार गरी अस्पताल लगिएकाे थियाे ।