नवलपुर । कोरोना संक्रमितलाई समयमा एम्बुलेन्स व्यवस्था गर्न नसकेको भन्दै नवललपुरको देवचुली नगरपालिकाका प्रमुख र उपप्रमुखको कार्य कक्षमा तालाबन्दी गरिएको छ ।
देवचुली–१३ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषलाई अस्पताल पु¥याउन एम्बुलेन्स नपाएपछि सचेत नागरिक समूहले प्रमुख, उपप्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
संक्रमित पुरुषलाई एम्बुलेन्स नपाएपछि ट्याक्टरमा अस्पताल लैजादै गर्दा बाटैमा मृत्यु भएपछि नगरपालिकाले आवश्यक तयारी नगरेको भन्दै तालाबन्दी गरेको सचेत नागरिक समूहले जनाएको छ ।