Aafno Khabar

महिलाको हत्या गरी शरीरका अंगहरू बेचविखन गर्ने संगठित गिरोह पक्राउ

  • आफ्नो खबर
  • April 17, 2021 प्रकाशित

कपिलबस्तु । तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरू बेचविखन गर्ने संगठित गिरोहलाई पक्राउ प्रहरीले गरेको छ । कपिलवस्तु प्रहरीले प्रहरीले लामो अनुसन्धानपछि गिरोहलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ३९ वर्षिय अव्दुल कलाम मुसलमान र ४५ वर्षिय बेलाल अहमद मुसलमानसँगै शुद्धोधन ५ का ५५ वर्षिय रामहरव यादव, रूपन्देही सैनामैना नगरपालिका वडा नं १ बनकट्टाका ६७ वर्षिय कर्ण बहादुर सुनार र नवलपरासीको मध्यविन्दु नगरपालिका ७ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ९ शिबनगर डेरा गरी बस्ने ६७ वर्षिय खेम बहादुर मल्ल रहेका छन् ।

प्रहरीका अनुसार तान्त्रिक कामको लागि मानिसको औंलाहरू चाहिने र औंला काटेर ल्याएमा प्रति औंला ८० लाखसम्म बिक्री हुने भन्दै संगठित गिरोहले रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ५ मनहरपुर बस्दै आएकी सरजहा दर्जीको हत्या गरेको पाइएको छ । गत चैत २० गते कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं। ६ स्थित बेतिया नदिमा एक महिलाको शव हत्या गरि फालेको अवस्थामा फेला परेको थियो ।

शव खोलामा डुबोस् र कसैले पत्ता नपाओस् भनेर हत्यामा संलग्नले बोरामा ढुंगा समेत राखेर शवलाई राखेर फालेका थिए । स्थानीयले बोराभित्र राखिएको शव खोलामा तैरिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए । खोलाबाट निकाल्दा शव सडिसकेको थियो भने हातका औंलाहरु काटिएका थिए ।

चिनजानका आधारमा बाेलाएर दर्जीकाे हत्या गरिएकाे प्रहरी अनुसन्धानबाट खुल्न आएकाे छ ।