सांकेतिक तस्बिर ।
ललितपुर । कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष दिवाकार श्रेष्ठ शनिबार चितवनबाट पक्राउ परेका छन् ।
प्रहरीले शनिबार नै उनलाई चितवनबाट ललितपुर ल्याएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार गुडविल सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी १५/१६ दिनदेखि फरार थिए ।
प्रहरीका अनुसार दिनमै दुई/तीन ठाउँ फेर्दै लुकिरहेका उनलाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला अदालत ललितपुरमा म्याद थप गर्न लगिएको छ।