बागलुङ । बागलुङ जिल्लाको बडिगाड–१० दर्लिङ बल्देधुरीमा होली खेल्ने विषयमा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको आशंका गरिएको छ । गुल्मी , बागलुङ र प्युठानको सीमाना बल्देधुरीमा होली खेल्न गएका युवाहरुबीच झडप हुँदा करिब १३ जना युवाहरु बेपत्ता भएको बताइएको छ ।
आइतबार दिउँसो बडिगाड–१० बल्देधुरीमा तीन जिल्लाका करिब ६ सय जना होली खेल्न त्यहाँ उपस्थित भएका थिए । स्थानीयका अनुसार झडपपछि बागलुङकै निसीखोला गाउँपालिका– ७ र बडिगाड–१० का करिब १३ जना युवाहरु बेपत्ता भएको र २ जनाको मृत्यु भएको हुन सक्ने आंशका गरिएको छ ।
घटना स्थल तर्फ इलाका प्रहरी बुर्तिबाङको टोली जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।