एजेन्सी । म्यानमारको सेना नागरिकविरूद्ध दिन प्रतिदिन क्रुर रूपमा प्रस्तुत हुन थालेको छ। शनिबार एकैदिन ११४ जना नागरिकको ज्यान लिएको सेनाले आइतबार अन्तिम संस्कार गर्न जम्मा भएका नागरिकमाथि पनि गोली चलाएको छ।
अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार यंगुननजिकैको बागो भन्ने ठाउँमा शनिबार सेनाको गोलीले मृत्यु भएका एक प्रदर्शनकारीको अन्तिम संस्कार भइरहेका बेला सुरक्षाकर्मी पुगेर गोली चलाएको हो ।
सुरक्षाकर्मीको गोली लागेर हताहती भए÷नभएकोबारे भने खुलिसकेको छैन। शनिबार सेनाको गोलीले मारिएका एक जना २० वर्षीय विद्यार्थीको अन्तिम संस्कारका लागि उनीहरू त्यहाँ भेला भएका थिए।