Aafno Khabar

कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चासो र चिन्ता

  • एजेन्सी
  • December 22, 2020 प्रकाशित

बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ प्रकारलाई लिएर अन्तर्राष्ट्रिय चासो र चिन्ता बढ्न थालेको छ । बेलायतमा अहिलेको भन्दा अति तीव्र गतिमा संक्रमण फैलिने कोरोना भाइरसको प्रजाति देखिएपछि विभिन्न युरोपेली देशले यात्रा प्रतिबन्ध लगाउन थालेका छन् ।

अहिलेसम्म ४० भन्दा बढि देशले यात्रा प्रतिबन्ध लगाइसकेका छन् । डेनमार्कमा पनि नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्वीडेनले त्यहाँबाट हुने यात्रामा प्रतिबन्ध लगाएको छ ।

डब्लूएचओका आपतकालीन सेवा प्रमुख माइक रायनले नयाँ प्रकारको भाइरस उत्पन्न हुनु महामारीको सामान्य प्रक्रिया रहेको बताएका छन् । उनले अवस्था नियन्त्रण भन्दा बाहिर नरहेको बताएका छन् । तर बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले नयाँ प्रजातिको कोरोना भाइरसको अवस्था नियन्त्रण बाहिर रहेको बताएका थिए ।