Aafno Khabar

यूपीमा भयानक दुर्घटना, कन्टेनरसँग ठोक्किँदा कारभित्रका पाँच जना जलेर कंकाल बने

  • आफ्नो खबर
  • December 22, 2020 प्रकाशित

भारत । उत्तर प्रदेशको आगरामा मंगलबार बिहान एक ठूलो दुर्घटना भएको छ । यमुना एक्सप्रेसमा एक कन्टेनर कारसँग ठोक्किएको हो । दुर्घटनामा ५ मानिस जलेर मरेका छन् ।

गलत दिशाबाट आएको नाल्याण्ड नम्बरको कन्टेनरका कारण दुर्घटना भएको बताइएको छ । मृत्यु हुनेहरु सबै लखनउका रहेको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।

उनीहरु लखनउबाट दिल्लीतर्फ गइरहेका थिए । युपीको ३२ केवी ६७८८ नम्बरको स्विफ्ट डिजायर कार आगराबाट दिल्लीतर्फ गइरहेको थियो । एक कन्टेनर गलत दिशामा आएका कारण दुर्घटना भएको हो । कन्टेनरको डिजेल ट्यांकीसँग कार ठोक्किएको थियो ।

कारमा लागेको आगो यति भीषण थियो कि भित्र बसेका मानिसहरु बाहिर निस्किन सकेनन् । जबसम्म अग्निनियन्त्रक पुगे, तबसम्म कारभित्रका जलेर कंकाल बनिसकेका थिए ।