काठमाडौं । ठमेलको रात्रीकालिन व्यवसाय मंगलबारदेखि संचालनमा आउने भएका छन् । सरकारले अनुमति दिएपछि खुल्न लागेको ठमेल पर्यटन विकास परिषदले जनाएको छ ।
त्यहाँस्थित पब, दोहोरी, डान्सबार, डिस्कोथेक, लाउन्ज, बर्गर पसल संचालनमा आउने भएका छन् । ५० प्रतिशत ग्राहक राखेर रातको १२ बजेसम्म व्यवसाय संचालनको अनुमति दिएको छ ।
व्यवसाय संचालन गर्दा स्वास्थ्य मापदण्डका साथै प्रत्येक चार चार घण्टामा डिसइन्फेक्ट गर्नुपर्ने, प्रत्येक टेबलु र स्टेजको दूरी दुई मिटरको हुनुपर्ने छ । व्यवसायीले भने रातको १२ बजेसम्म मात्र नभएर पहिलेजस्तै रातभर खोल्नुपर्ने माग राखेका छन् ।