पाकिस्तानमा बलात्कारको घटनासँग जुध्नका लागि एक नयाँ कानून ल्याइएको छ । नयाँ कानूनको कडा सजाय अन्तर्गत बलात्कारका लागि दोषी पाइएका व्यक्तिलाई केमिकल क्यास्ट्रेशन अर्थात् रसायनको प्रयोगले नपुंसक बनाउनु रहेको बीबीसी हिन्दीले उल्लेख गरेको छ ।
मंगलबार पाकिस्तानका राष्ट्रपतिले यो नयाँ बलात्कार सम्बन्धि कानूनमाथि दस्तखत गरेका छन् ।
यो अध्यादेशअन्तर्गत यौन अपराधमा समावेश मानिसहरुको नेशनल रजिस्टर तयार गरिनेछ र पीडितको पहिचान खोप्य राख्ने निर्णय पनि गरिएको छ । साथै केही अपराधीलाई औषधी दिएर उनीहरुलाई नपुंसक बनाउने निर्णय पनि गरिएको छ ।
लाहौर शहर बाहिर एक महिलामाथि भएको सामुहिक बलात्कारको घटना पछि पाकिस्तानमा यौन अपराधविरुद्ध जुन प्रकारको माहौल बनेको थियो, यो कानून त्यसैलाई मध्यनजर गर्दै ल्याइएको हो ।