जर्मनीमा कोरोना भाइरस संक्रमण र मृत्यु बढ्न थालेको छ । आइतबार त्यहाँ २० हजार २०० नयाँ संक्रमित थपिएका छन् भने ३२१ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
स्थिति खराब भएपछि जर्मन चान्सलर एन्जेला मर्केलले देशभर कडा लकडाउन घोषणा गरेकी छन् । क्रिश्चियन धर्मावलम्बीहरुको ठूलो चाड क्रिसमसको समयमा लकडाउन हुने भएको हो ।
यही बुधबारदेखि पूरै देशभर अत्यावश्यक बाहेकका पसल–व्यवसाय बन्द हुनेछन् । स्कुल–कलेज पनि बन्द गरिनेछन् ।