Aafno Khabar

विदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय १ पुग्यो

  • आफ्नो खबर
  • December 6, 2020 प्रकाशित

काठमाडौं । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २ जना नेपालीको विदेशमा मृत्यु भएको हो ।

यो साता जर्मनीमा १ जना, र भारतमा १ जना नेपालीको नेपालीको कोरोना भाइरसका कारण मृत्यु भएको समितिले जनाएको छ ।

स्वास्थ्य समितिका अनुसार यो साता जापान, साउदी अरब, युएई, पोर्चुगल र भारतमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । शनिबार साँझसम्म विदेशमा ४९ मुलुकमा ४८ हजार ६ सय ३९ जना गैरआवासीय संक्रमित भएका छन् । सोही अवधिमा ४४ हजार ६ सय ७१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।