Aafno Khabar

आगामी साताबाट बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु हुने

  • आफ्नो खबर
  • December 2, 2020 प्रकाशित

PHOTO : REUTERS

काठमाडौं । बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप फाइजरका लागि बेलायतले प्रयोगको अनुमति दिएपछि अब आगामी हप्ताबाट खाेप वितरणको काम सुरु हुने भएको छ ।

सर्वसाधारणको प्रयोगको लागि अनुमति दिइएको यो पहिलो खोप हो ।

मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स् रेगुलेटरी एजेन्सी (एमएचआरए)ले कोरोना भाइरसविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको भनी यसको प्रयोगको अनुमति दिएको हो । बुधबार बेलायत सरकारले विज्ञप्ती जारी गरेर खाेप वितरणको काम सुरु गर्ने जनाएको हो ।

कम्पनीले यो खोप १० महिनामा तयार पारेको हो । जुन अहिलेसम्मकै छोटो समय मानिएको छ ।

खोप वितरणमा उच्च जोखिममा रहेको मानिसहरु र फ्रन्टलाइनमा रहेका कर्मचारी प्राथमिकतामा राखिएको बेलायत सरकारले जनाएको छ ।