Aafno Khabar

१३ जनामा कोरोना देखिएपछि १ करोड १६ लाखको परीक्षण

  • आफ्नो खबर
  • October 18, 2020 प्रकाशित

एजेन्सी । चीनको चिङ्दाओ नगरमा ४ दिनमा १ करोड भन्दा धेरै मानिसको कोरोना परीक्षण भएको छ ।

गएको हप्ता १३ जनामा कोरोना भाइरस पुष्टि भएपछि शहरका सबै बासिन्दाको परीक्षण गर्ने निर्णय अनुसार पछिल्लो ४ दिनमा १० दशमलव १६ मिलियन अर्थात १ करोड १६ लाख जनाको परीक्षण भएको बेलायती पत्रिका डेलिमेलले जनाएको छ ।

चिङदाओका उपमेयर चिउ चिङदाओले गएको सोमबारदेखि बिहीबारसम्म झण्डै १ करोड १६ लाख मानिसमा कोरोना परीक्षण गरिएको र कुनै पनि नयाँ सङ्क्रमित नदेखिएको बताएका छन् ।

गएको मे महिनामा पनि चीनले कोरोना भाइरसको उद्गमस्थल मानिएको हुबेई प्रान्तको वुहान सहरका एक करोड १० लाख नागरिकको कोरोना परीक्षण गरेको थियो ।

कोरोना भाइरसको सङ्क्रमण चीनबाट फैलिन सुरु भए पनि अहिले त्यहाँ सङ्क्रमण नियन्त्रणतर्फ गइसकेको छ ।