Aafno Khabar

काठमाडौं उपत्यकामा थप ७११ जना कोरोना संक्रमित

  • आफ्नो खबर
  • September 19, 2020 प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार काठमाडौंका ५७०, भक्तपुरका ८३ र ललितपुरका ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार नेपालमा थप १२ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७९७ पुगेको छ ।

संक्रमितमध्ये ४५ हजार २६७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ४०१ जनाको मृत्यु भएको छ ।