एक पूर्व मोडलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन शोषण गरेको आरोप लगाएकी छन् । मोडल एमी डोरिसले २३ वर्षअघि ओपन टेनिस च्याम्पियनसिपका क्रममा ट्रम्पले आफूमाथि जबरजस्ती गरेको आरोप लगाएकी हुन् ।
ट्रम्पले भने यस्ता आरोपको खण्डन गरेका छन् । उनका वकिलले ३ नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा उनको छवि धमिल्याउनका लागि यस प्रकारको आरोप लगाएको टिप्पणी गरेका छन् ।
डोरिसले त्यस समयमा आफ्ना पुरुष साथी जेसन बिनले ट्रम्पसँग भेट गराएको बताएकी छन् । उनले एक अन्तर्वार्ताका क्रममा भीआईपी बक्समा ट्रम्पले आफूलाई बलियोसँग समाएर जबरजस्ती किस गरेको बताएकी छन् ।
ट्रम्पका वकिलले भने यो आरोप पूर्ण रुपमा गलत भएको भनी खण्डन गरेका छन् । उनले ट्रम्पको छवि बिगार्ने कोशिस भएको बताए ।