काठमाडौं । भक्तपुरकाे एक घरमा परिवारका तीन जनाको शव भेटिएको घटनामा प्रहरीले श्रीमती र छोराको हत्या गरेको २४ घण्टापछि श्रीमानले विष सेवन गरी आत्महत्या गरेको निष्कर्ष निकालेको छ ।
मृतकको पोष्ट मार्टम रिपोर्टपछि प्रहरीले यस किसिमकाे निष्कर्ष निकालेको हो । भदौ २६ गते भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ मा ३६ वर्षीय सुदीप अधिकारी, उनकी पत्नी र छोराको शव घरमा भेटिएको थियो ।
उनीहरुले घरमा पालेकाे कुकुरसमेत मरेको अवस्थामा फेला परेकाे थियो । शवहरु सड्न थालेको अवस्थामा भेटिएको हाे ।
याे पनि : श्रीमती र छाेराकाे हत्यापछि आत्महत्या