Aafno Khabar

लद्दाखमा भारतीय सेनाले चिनियाँ पहाड कब्जा गरेकाे दाबी

  • एजेन्सी
  • September 11, 2020 प्रकाशित

Image Credit : Getty Images

काठमाडाैं । भारतीय सेनाले लद्दाख क्षेत्रमा चीनतर्फ पेन्गान्स त्सो ताल वरिपरिका पहाड कब्जा गरेको दाबी गरेको छ ।

पहिले चीनको प्रभुत्व रहेको पहाडी इलाका अहिले भारतीय कब्जामा परेको भारतीय सेनाको दाबी उदृत गरेर भारतीय सञ्चारमाध्यम दैनिक भास्करमा समाचार लेखिएकाे छ । तालको दक्षिणी क्षेत्रमा भारतीय सेनासँग चिनियाँ सेना पराजित भएको र उत्तरी क्षेत्रमा आफ्नो सैनिक संख्या बढाइरहेको भारतीय सेनाले जनाएको छ ।

यद्यपि, चिनियाँ सेना पनि महत्वपूर्ण क्षेत्रहरु कब्जा गर्ने कोशिसमा छन् । तालकाे दक्षिणी क्षेत्रमा निर्माणका काम भइरहेकाे र यातायातका साधन पनि सञ्चालन भइरहेकाे जनाइएकाे छ ।

यसअघि अगष्ट महिनाकाे अन्त्यतिर चिनियाँ सेनाले पेङ्गान्स तालस्थित दक्षिणी इलाकामा रहेको पहाड कब्जा गर्न खोजेको थियो ।

गत ७ सेप्टेम्बरमा पनि चिनियाँ सेना भारतीय पोष्ट तिर बढेको र चेतावनी स्वरुप फायरिङ गरेको थियो । पछिल्ला दिन यी क्षेत्रमा दुवै देशमा सेना हाइ अलर्टमा रहेका छन् ।