रौतहट । नेपाली एक किशोरी भारततर्फ लगिरहेका ६ युवक सीमावर्ती क्षेत्रबाट पक्राउ परेका छन् ।
नरकटिया प्रहरी चाैकीका प्रहरी सहायक निरीक्षक मेरालालप्रसाद गुप्ताको नेतृत्वमा गएको गस्ती टोलीले उनीहरुलाई परोहा नगरपालिका-७ चिरान चोकबाट बुधबार राति १ बजे पक्राउ गरेको हो ।
बिआर ०५ डी ६०३८ र ना६३ प ४७९९ नम्बरको मोटरसाइकलमा एक किशोरीसहित सात जना भारततर्फ गइरहेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका-५ की यादव थरकी १८ वर्षीया किशोरीसहित मौलापुर नगरपालिका-८ का २० वर्षीय अनिल पटेल, २० वर्षीय दीपेन्द्र पटेल, वडा नं ५ मौलापुरका १९ वर्षीय अरविन्द ठाकुर, २० वर्षीय धनञ्जय तिवारी, १७ वर्षीय दीपेश यादव र २२ वर्षीय रामबालक पटेल रहेको प्रहरीले जनाएकाे छ ।
घटनाबारे छानबिन भइरहेको पनि बताइएको छ ।