अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नोबेल शान्ति पुरस्कारका लागि मनोनित भएका छन् । इजरायल र संयुक्त अरब इमिरेट्सबीच शान्ति सम्झौता गराउन सफल भएकोमा सन् २०२१ को नोबेल शान्ति पुरस्कारका लागि सिफारिस गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
नर्वेका संसद र नाटो संसदीय एसेम्बलीका अध्यक्ष क्रिस्टियन टाब्रिङ जेड्डीले ट्रम्पकाे नाम पुस्कारका लागि मनोनित गरेका हुन् ।
अमेरिका कै पहलमा यही महिनामा २ देशबीच टेलिफोन सेवा संचालन समेत भएको थियो भने पहिलो व्यवसायिक हवाइ उडानसमेत सुरु भएको थियो ।
पहिलो विमान यात्राबाट संयुक्त अरब इमिरेट्स पुगेको अमेरिकी अधिकारीसहितको इजरायली टोलीले त्यहाँका उच्च अधिकारीहरुसँग सम्बन्ध सुधारको बारेमा छलफल गरेका थिए ।