काठमाडाैं । विश्वमा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेकाे संख्या ९ लाख नाघेको छ ।
गएकाे २४ घण्टामा ४ हजार २ सय सात जनाको मृत्यु भएपछि मृत्यु हुनेकाे संख्या ९ लाख ७ सय ६३ जना पुगेको हो । विश्वमा कोरोना सङ्क्रमितको संख्या २ करोड ७७ लाख १५ हजार भन्दा धेरै छ ।
सङ्क्रमितमध्ये एक करोड ९८ लाख २ हजार भन्दा धेरै निको भएका छन् भने अहिले संसारमा ७० लाख १२ हजार भन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् । गएको २४ घण्टामा भारतमा मात्र ८९ हजार ८ सय ५२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने १ हजार १ सय ७ जनाकाे मृत्यु भएकाे छ ।
अमेरिका, ब्राजिल, रसियालगायतका देशमा संक्रमित र मृत्यु हुनेकाे संख्या घटिरहेकाे भए पनि भारतमा भने केही दिनदेखि उच्च संख्यामा बिरामी थपिएका छन् ।