काठमाडौं । बलिउड अभिनेत्री रिया चक्रवर्ती पक्राउ परेकी छिन् । मंगलबार उनलाई नार्कोटिक्स कन्ट्रोल ब्युरो(एनसिबी)ले पक्राउ गरेको हो ।
रिया पक्राउ परेकाे पुष्टि भारतीय समाचार संस्था एएनआईले नार्कोटिक्स कन्ट्रोलका डेप्युटि डाइरेक्टर केपीएस मल्हाेत्रामार्फत गरेकाे बीबीसी हिन्दीले उल्लेख गरेकाे छ ।
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणमा उनी पक्राउ परेकाे समाचारमा जनाइएकाे छ ।