Aafno Khabar

भारत चीन सीमा विवाद : चिनियाँ सैनिकले गाेली चलाएकाे भारतकाे दाबी

  • एजेन्सी
  • September 8, 2020 प्रकाशित

तस्बिर : राेयटर्स ।

भारतीय सेनाले चिनियाँ सेनाले वास्तविक नियन्त्रण रेखा एलएसीमा गाेली चलाएकाे बताएकाे छ । चिनियाँ सैनिकले भारतसँगकाे सम्झाैता उल्लंघन गरेर आक्रामक हर्कत गरिरहेकाे पनि भारतीय सेनाले आराेप लगाएकाे छ ।

भारती सेनाले आफ्नाे बयानमा भनेकाे छ, ‘गत सात सेप्टेम्बरमा जब चिनियाँ सेनाले सीमा रेखा पार गरिरहेका थिए । भारतीय सेनाले राेक्ने प्रयास गरे तर उनीहरुले हावामा फाइरिङ गरि भारतीय सेनामा डर देखाउने प्रयास गरेका थिए ।’

चीनकाे यस्ताे हर्कतकाे बाबजुद भारतीय सेना जिम्मेवार बनेकाे भारतीय सेनाले बताएकाे छ । यसअघि गत ७ सेप्टेम्बरमा चीनले भारतीय सेनाले चिनियाँ सीमारेखा पार गरेकाे र वार्निङका लागि फायरिङ गरिएकाे बताएकाे थियाे ।

चीनका अनुसार चिनियाँ सैनिक कुराकानी गर्नका लागि तयार थिए । चिनियाँ सञ्चारमाध्यम ग्लाेबल टाइम्सले सेनाकाे एक प्रवक्ता उद्दृत गरी भनेकाे छ, ‘त्यतिबेला स्थिति नियन्त्रणमा लिनका लागि चिनियाँ सेना मजबुर भएका थिए ।’

याे पनि पढ्नुहाेस् । 

भारतीय र चिनियाँ सैनिकबीच लद्दाखमा फेरि झडप

भारत र चीनबीच सीमा क्षेत्रकाे झडपमा भारतीय सेनाकाे मृत्यु भएकाे दाबी

लद्दाखमा भारतीय सेनाकाे मृत्यु नभएकाे दाबी