Aafno Khabar

बिहे गरेकाे ६ महिनामा जन्मियाे बच्चा, २ शिक्षकसहित तीन जनामाथि बलात्कारकाे आराेप

  • आफ्नो खबर
  • September 8, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

बैतडी । बैतडीका २ जना शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रा बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकमाथि बलात्कारकाे आराेप लागेकाे हाे ।

पीडित किशोरी बलात्कापछि अरुसँग भागेर बिहे गरेको र ६ महिनामा छोरी जन्मिएपछि बलात्कार गरेको दाबी गरिएकाे छ ।

सिगासको एक विद्यालयमा कक्षा ८ मा अध्ययनरत १७ वर्षीया ती छात्रालाई विद्यालयमा पढाउने २ जना शिक्षक अर्का एक स्थानीयले बलात्कार गरेको आरोप लागेको हो ।

तीनै जनाले ती छात्रामाथि पटकपटक बलात्कार गरेपछि भागेर बिहे गर्न बाध्य भएकाे छात्राका आफन्तले आरोप लगाएका छन् । घटना गाउँमा मिलाउने प्रयास भइरहे पनि घटना बाहिर आएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले पीडित किशोरी जिल्ला सदरमुकाममा ल्याउने तयारी भएको र किशोरीसँगको बयानपछि मात्रै घटनाका बारेमा थाहा हुने जानकारी दिनुभएकाे छ ।