Aafno Khabar

कोरोना संक्रमणबाट मृत्युबारे अफवाह फैलाउने व्यक्ति पक्राउ

  • आफ्नो खबर
  • September 7, 2020 प्रकाशित

काठमाडौं । विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन् । आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बू पक्राउ परेका हुन् ।

महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा सोमबार पक्राउ गरेकाे हो । ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट लिम्बू पक्राउ परेकाे प्रहरी स्राेतले जनाएकाे छ ।

लिम्बूले विभिन्न ठाउँमा अन्तरवार्ताका क्रममा कोरोनाबाट मृत्यु हुनेको शव नदेखाइनुकाे कारण शरिरकाे अंग निकाल्ने गरिएकाे भनी अफवाह फैलाइरहेका थिए ।