प्रतिकात्मक तस्बिर ।
कास्की । बलात्कार अभियाेगमा पाेखरामा एक जना पक्राउ परेका छन् । १८ वर्षीया किशोरी बलात्कारकाे अभियोगमा पोखरा महानगरपालिका-२० भलाम बस्ने ट्याक्सी चालक ३५ वर्षीय गणेश खत्री शनिबार पक्राउ परेका हुन् ।
शनिबार बिहान स्थानीय जंगलको बाटोमा एक्लै हिँडिरहेको अवस्थामा डर, धम्की देखाएर किशाेरी बलात्कारको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकाे घरबाट पक्राउ गरेको हो ।
उनीमाथि जबरजस्ती करणी उद्योगसम्बन्धी कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको कार्यालयले जनाएकाे छ ।