कोरोना भाइरसविरूद्ध चीनले तयार पारेको खोप थप ४ देशमा परीक्षण हुने भएको छ ।
चाइना नेशनल बायोटेक ग्रुप (सीएनबीजी) र सिनोव्याक बायोटेक लिमिटेडले शनिबार थप चार देशले कोरोना भ्याक्सिनका लागि अन्तिम चरणको क्लिनिकल ट्रायलका लागि अनुमती दिएको बताएकाे बीबीसीले उल्लेख गरेकाे छ ।
सर्बिया र पाकिस्तान ट्रायलको तेस्रो चरणका लागि सहमत हुने देशको सूचीमा समावेश छन् भने अन्य २ ले कम्पनीबाट थप डाटा माग गरेकाे समाचारमा जनाइएकाे छ ।
यसअघि संयुक्त अरब इमिरेट्स, बहराइन, पेरु, मोरक्को, अर्जेन्टिना र जोर्डनमा यसको ट्रायल सुरु भइसकेको छ ।