Aafno Khabar

वृद्धावस्थाका दाजुबहिनीकाे घरभित्र हत्या गरिएको अवस्थामा शव फेला

  • आफ्नो खबर
  • September 5, 2020 प्रकाशित

खोटाङ – खोटाङमा वृद्धावस्थाका दाजुबहिनी घरभित्र हत्या गरिएको अवस्थामा भेटिएका छन् । जन्तेढुंगा गाउँपालिका वडा नम्बर ४ का ७६ वर्षीय इन्द्र श्रेष्ठ र ६२ वर्षीया गोपीमायाँ श्रेष्ठकाे घरभित्र हत्या गरिएको अवस्थामा भेटिएकाे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएकाे छ ।

घटनास्थलको अवस्था हेर्दा तीन/चार दिन अगाडि धारिलो हतियार प्रयोग गरी हत्या गरेको हुन सक्ने अनुमान गरिएकाे छ । जंगल नजिक एकान्त ठाउँमा रहेको घरको ढोकामा बाहिरबाट साङ्लो लगाएको अवस्थामा उनीहरुको शव घरभित्र भेटिएको हो ।

वृद्धवृद्धा दाजुबहिनीको हत्याको कारण र हत्यामा संलग्नको पहिचान भएको छैन । मृतक इन्द्र अविवाहित हुन् । बहिनी गोपीमायाँ भने लामो समयदेखि माइती घर फर्केर आउनु भएकाे थियाे ।