कैलाली । कैलालीमा १३ वर्षीया बालिका बलात्कृत भएकी छिन् । बालिका बलात्कार गर्ने मोहन्याल गाउँपालिका-६ सोल्टा बस्ने ४० वर्षीय मानवीर कामीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
मानवीरले ती बालिका बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुगरखालबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।