Aafno Khabar

सामुहिक बलात्कारकाे अभियाेगमा २ जना पक्राउ

  • आफ्नो खबर
  • September 4, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

सिरहा । सिरहामा सामुहिक बलात्कारकाे अभियाेगमा २ जना पक्राउ परेका छन् ।

२१ वर्षीया महिलामाथि बलात्कार गरेकाे अभियोगमा गोलबजार नगरपालिका-१० बस्ने २१ वर्षीय दिपेन्द्र मुखिया र अर्का एक जना पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

मुखियालगायत ५ जनाले गएकाे भदाै १३ गते ती महिला बलात्कार गरेका थिए । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टाेलीले घटनामा संलग्न मध्ये २ जना पक्राउ गरेको हो ।

घटनामा संलग्न फरार अन्य तीन जनाको खोजी भइरहेकाे प्रहरीले जनाएकाे छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।