Aafno Khabar

हत्या गरी टाउकाे झाेलामा बाेकेर आत्मसमर्पण गर्न आफैँ प्रहरी कार्यालयमा

  • आफ्नो खबर
  • September 4, 2020 प्रकाशित

धादिङ । धादिङमा एक युवकले ६४ वर्षीय वृद्धकाे हत्या गरि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

प्रहरीका अनुसार नीलकण्ठ नगरपालिका -१३ मा एक युवकले ६४ वर्षीय पुरुषलाई खुर्पाले हानेर हत्या गरेका हुन् ।

स्थानीय २६ वर्षीय राजु परियारले ६४ वर्षीय सोमबहादुर गुरुङकाे बिहीबार राति हत्या गरेका हुन् । सामान्य विवादमा गुरुङको घरभन्दा केही पर सडकमा हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

हत्या गरेका युवकले गुरुङको टाउको र खुर्पा बोकेर जिल्ला प्रहरी कार्यालय धादिङमा आत्मसमर्पणका लागि मध्यरातमा आएको प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले बताउनुभयो ।

घटनाबारे विस्तृतमा अनुसन्धान भइरहेकाे छ ।