Aafno Khabar

किम जोङ उनले आँखा झिम्काएको ट्रम्पकी पूर्व प्रेस सेक्रेटरीको आरोप

  • आफ्नो खबर
  • September 3, 2020 प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पूर्व प्रेस सेक्रेटरी सारा सैंडर्सले उत्तर कोरियाली नेता किम जोङ उनले आफूमाथि आँखा झिम्काएको बताएकी छिन् ।

साराले सिंगापुरमा डोनाल्ड ट्रम्प र किम जोङ उनको पहिलो पटकको ऐतिहासिक भेटघाट भएको समयमा किमले आँखा झिम्काएको बताएकी हुन् ।

साराले आफ्नो किताब ‘स्पिकीङ फर माइसेल्फ’ नामक किताबमा यस्तो दाबी गरेकी हुन् । उनले किताबमा लेखेकी छिन्, ‘पहिलो पटकको भेटमा नजर जुधेको थियो त्यतिबेला किमले पनि आँखाले इशारा गरेका थिए ।’ त्यसपछि किमले आँखा झिम्क्याएको आभास साराले गरिन् । त्यसपछि उनी स्तब्ध भइन् र निहुरेर आफ्नो काम गरिरहिन् ।

यो घटना त्यतिबेला भएको थियो जतिबेला ट्रम्प र किमले महिला खेलकुदको बारेमा चर्चा गरिरहेका थिए । त्यतिबेला ट्रम्पले साराको विषय लिएर किमसँग मजाक पनि गरेका थिए ।