काठमाडौं । सात वर्षीय छोरीलाई बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् ।
मंगलबार साँझ उनलाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त, बानेश्वरले जनाएको छ । आमाले जबरजस्तीकरणी सम्बन्धी कसूरमा किटानी जाहेरी दिएपछि बाबुलाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बालिकाले यौनाङ्ग दुख्यो भनेपछि आमाले उपचारका लागि अस्पताल लगेकी थिइन् । त्यसक्रममा बाबुले सात महिनादेखि पटकपटक बलात्कार गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।