Aafno Khabar

भतिजी बलात्कार गर्न खोज्ने काका पक्राउ

  • आफ्नो खबर
  • September 1, 2020 प्रकाशित

नुवाकाेट । आफ्नी भतिजी बलात्कार गर्न खोज्ने काका प्रहरीले पक्राउ गरेको छ ।

आइतबार दिउँसो १२ बजे नुवाकोट लिखु गाउँपालिका-५ स्थित कालिमाटी धारा बस्ने १४ वर्षीया बालिकामाथि बलात्कार गर्न खाेजेकाे आराेपमा ४५ वर्षीय काका पक्राउ परेका हुन् ।

बालिकाले लुगा धोइरहेको अवस्थामा अचानक ती पुरुषले पछाडिबाट संवेदनशिल अंगमा समाउन खोजेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । काकाबाट फुत्किएर भाग्न सफल भतिजीले आफन्तलाई बताएपछि घटना बाहिर आएकाे हाे ।

प्रहरीले आइतबार उनकै घरबाट लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो । प्रहरीले उनको पहिचान भने खुलाएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेकाे छ ।